पोखरामा क्रसफायर मोटरसाइकल चोरीको आरोपमा मगराति पक्राउ
पाेखरा | असार १०, २०८१
पोखरा: पोखरामा क्रसफायर मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले बिशाल मगरातिलाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–१० ईन्द्रचोकमा पार्किङ गरी राखेको ग २२ प ९५१० नम्बरको क्रसफायर मोटरसाइकल चोरी गरेको आरोपमा मगरातिलाई हिजो (आइतबार) पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
ईन्द्रचोकमा पार्किङ गरी राखेको मोटरसाइकल हराएको भन्ने सूचनाको आधारमा खोजतलाज गर्ने क्रममा तनहुँ बन्दिपुर गाउँपालिका घर भएका २० वर्षीय मगरातिलाई चोर भएको मोटरसाइकल डोहो¥याउँदै हिडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए ।
पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

