पोखरामा क्रसफायर मोटरसाइकल चोरीको आरोपमा मगराति पक्राउ

पाेखरा | असार १०, २०८१

पोखरामा क्रसफायर मोटरसाइकल चोरीको आरोपमा मगराति पक्राउ

पोखरा:   पोखरामा क्रसफायर मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले बिशाल मगरातिलाई पक्राउ गरेको छ । 


पोखरा महानगरपालिका–१० ईन्द्रचोकमा पार्किङ गरी राखेको ग २२ प ९५१० नम्बरको क्रसफायर मोटरसाइकल चोरी गरेको आरोपमा मगरातिलाई हिजो (आइतबार) पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । 


ईन्द्रचोकमा पार्किङ गरी राखेको मोटरसाइकल हराएको भन्ने सूचनाको आधारमा खोजतलाज गर्ने क्रममा तनहुँ बन्दिपुर गाउँपालिका घर भएका २० वर्षीय मगरातिलाई चोर भएको मोटरसाइकल डोहो¥याउँदै हिडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए । 


पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 
 

कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिएजस्तो सेताम्मे भएको छ ।   रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अन...

थप पढ्नुहोस्

हेमजा:   कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ ।   आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...

थप पढ्नुहोस्

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्